Tuesday, June 12, 2018

पोखरीमा डुब्दा बालकको मृत्यु

पोखरीमा डुब्दा बालकको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा डुबेर सोमबार साँझ एक बालकको मृत्यु भएको छ।

स्थानीय कैलाश साहका छोरा ११ वर्षीय छिमेकीको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

अत्यधिक गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन्।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

No comments:

Post a Comment