Showing posts with label VIDEO. Show all posts
Showing posts with label VIDEO. Show all posts

Tuesday, June 12, 2018

चर्चित गायक सुगम पोख्रेलकी दिदि भन्दै भाईरल बन्दै गएकी यि महिला को होलिन त ? पुरा हेर्नुहोस

चर्चित गायक सुगम पोख्रेलकी दिदि भन्दै भाईरल बन्दै गएकी यि महिला को होलिन त ? पुरा हेर्नुहोस
नेपाली सुगम संगितका एक चर्चित गायकको दिदि बताउने यि महिला सधै जसो पशुपति परिसरमा आफ्नो दैनिकी बिताउने गर्दछिन । पशुपति क्षेत्रमा गाईने भजन कार्यक्रममा धेरै जसो भेटीने यि महिलाले आफु गायक सुगम पोख्रेलको दीदी भएको बताउछीन् । उनी आफ्नो परिचय गायक सुगम पोख्रेलकी आफ्नै दीदी हु भन्दै दिने गर्दछिन् । सम्पर्क नम्बर भने दिन नरुचाउने उनको बारेमा सुगम पोख्रेल संग जोडेर निकै चर्चा हुन थालेको छ ।
नेपाली रंगीन दुनियामा फैलिने स्काण्डलको रुपमा यो अर्को रुप पनि हुन सक्छ । हिजो महानायककी श्रीमती हुँ भन्दै स्काण्डल मच्चाउने नारी जस्तै सुगम पोख्रेलकी दिदि बनेर कतै यि महिला पनि प्रचारमा आउन चाहेकी त होईनन ? सरसर्ती कुरा गर्दा सुगम पोख्रेको बारेमा सबै कुरा बताउछीन पनि ,  तर कुराकानी सुन्दा अल्लि असामान्य लाग्छ , त्यो मात्र होईन उनका गतिबिधि पनि केही असामान्य नै लाग्दछन् ।
पशुपति क्षेत्रमा भजनमा लिप्त हुने गरेकी यि महिला कतै म्युजिक बजेको सुन्नै हुन्न ज्यान छोडेर कम्मर मर्काउन थाली हाल्छिन् । यस्तो ईनर्जी कहाँ बाट आउछ भनि सोध्नेहरुका लागि उनको एउटै जवाफ आउँछ , “म गायक सुगम पोख्रेलकी आफ्नै दीदी हुँ , त्यसैले गित संगित त मेरो रगतमै छ ।” यसरी दिन दुईगुणा रात चौगुणा हुदै पशुपति क्षेत्रमा सुगम पोख्रेलकी दिदि भन्दै भाईरल बन्दै गएकी यि महिला को होलिन त ?
हेर्नुहोस यि महिलाको बबाल डान्स भिडियो-

युवतीहरुको अश्लिल व्यवहारको एक झलक सामाजिक संजालमा भाइरल(भिडियोसहित)



बेशियावृत्ति संसारभरी जहा पनि चलेकै हुन्छन तर भित्री रुपमा कसरी चलेको हुन्छ भने कुरा त्यहा गएर अवलोकन गरेकोलाइ मात्र थाहा हुन्छ.नेपाल भारत जस्ता देशमा यस्ता कार्यलाइ अबैधानिक मानेता पनि भित्री रुपमा संचालन हुने गरेका यस्ता धन्दामा कतिलाई प्रहरीले खोरमा कोचेका पनि छन्,

त्यहि पनि भित्री घुस्पेट र प्रहरीसंग मिलिमतोमा यौनधन्दा बाट करोडौ कमाउने पनि छन्.भर्खरका युवतीहरुलाइ फकाएर भारतको कोठीमा लगेर बेच्ने जस्ता अपराधहरु पनि दिनहु जस्तो भइरहँदा पनि सम्बन्धित निकायहरुको ध्यान गएर पनि मौन रहेको अवस्था छ.

भारतको एक बेशियालयमा देखिएको यस दृश्यमा साफ देख्न सकिन्छ कतिसम्म छाडा भएर केटाहरुलाई आकर्षित गर्न खोज्छन युवतीहरु.हेर्दा भर्खर २० बर्षका देखिने यी युवतीहरु परपुरुषको अगाडी आफ्नो अश्लिलता देखाउदै बेशीयावृत्ति यसरी देखाउदै छन्.भिडियोमा देखाइएको दृश्य उमेर पुगेकाले मात्र हेर्न उचित रहेको हुँदा १८ बर्ष भन्दा मुनिका दर्शकले नहेर्न आग्रह.

भिडियोसहित हेर्नुहोस:

अघिल्लो दिन ढलान गरेको सडक भोलिपल्ट प्वाक प्वाक उक्कियो ! ठेकेदारको यस्तो लापरबाही ! अब के गर्ने ?

जग्गा नबेचेको भन्दै कुटपिटमा संलग्न दुबै महिला पक्राउ



दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवम् प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले सेतोपाटीलाई जानकारी दिए।

शुक्रबार दिउँसो ४ बजेतिर दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ता (जेठानी दिदी बहिनी) मिलेर जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुन मगरलाई भालुवाङ बसपार्कमा अमानवीय तरिकाले कुटपिट गरेको ईप्रका भालुवाङका प्रमुख पाण्डेले बताए।

‘पुनमाथि कुटपिट भइसकेपछि प्रहरीले छुट्याएर सम्झाएर पठाएको रहेछ, तर त्यो कुरा मलाई जानकारी थिएन,’ सेतोपाटीसँग पाण्डेले भने, ‘मलाई घटनाबारे कसैले कुनै खालको मौखिक र लिखित जाहेरी नदिएकाले थाहा थिएन।’

दोस्रो दिन आफूले भिडियोमा दुई जना महिला मिलेर, बाटो छेकेर सार्वजनिक स्थानमै एउटी महिलामाथि अमानवीय ढंगले कुटपिट गरेको तथा लुगा च्यातेर फालिदिएको दृष्य देखेपछि पिडकलाई खोजेर पक्राउ गर्न आदेश दिएको प्रमुख पाण्डेले बताए ।

यसैबीच पीडित दिलमाया पुनले सोमबार ईप्रका भालुवाङमा आएर कुटपिटमा संलग्न रेखा र अनिता गुप्ताको विरुद्ध जाहेरी दिएको प्रमुख पाण्डेले जानकारी दिए।

पीडित दिलमाया आफ्ना पति र केही आफन्तसँगै ईप्रका भालुवाङमा सोमबार दिउँसो आएर कुटपिटमा संलग्न गुप्ताद्वय विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

पक्राउ परेका दुई जनामाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा दर्ता भएको पाण्डेले जानकारी दिए। उनले कुटपिटमा संलग्नविरुद्ध म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न आदेश प्राप्त भइसकेको जानकारीसमेत दिए।

यसैबीच भालुवाङकै एक अधिकारकर्मीले प्रहरीले घटना थाहा पाएर पनि बेवास्ता गर्दा दिलमायामाथि भएको अमानवीय व्यवहार र कुटपिटको भिडियो समाजिक सञ्जालमा भाईरल भएको र प्रहरीलाई कारबाही गर्न नैतिक दबाव परेको दाबी गरे।

घडेरी बेच्दिनँ भन्दा कुटपिटः पाण्डे

सोमबार ईलाका प्रहरी कार्यालय भालुवाङमा पतिसँगै जाहेरी दिन गएकी दिलमाया पुन। तस्विर सौजन्यः –नेपाल प्रहरी।

दाङको भालुवाङ क्षेत्र छिमेकी जिल्ला अर्घाखाँचीको सीमामा पर्ने क्षेत्र हो। भालुवाङ पूर्जाबिहिन बजार हो। वनको जग्गामा ठडिएको भए पनि कसैसँग जग्गा धनी पूर्जा छैन। त्यसको फाइदा उठाउँदै यहाँ केही सस्तोमा घर घडेरी खरिद बिक्रि भइरहन्छ।

राप्ती गाउँपालिका-१ को भालुवाङ बजारमा अर्घाखाँची सितगंगा नगरपालिका -९ ठाडो खोलाकी दिलमाया पुनको एउटा पूर्वा बिनाको घडेरी थियो। केही समय पहिला मात्रै दिलमायाकी दिदीले गुप्ता परिवारलाई एउटा घडेरी बेचेकी थिइन्।

ईप्रका भालुवाङका प्रमुख पाण्डेका अुनसार त्यो घडेरी उनीहरुले झन्डै ९ लाखमा किनेका रहेछन्। दिदीले घडेरी बेचेपनि सँगै सटेको घडेरी दिलमायाले बेच्न मानेकी थिइनन्। तर, गुप्ता परिवार त्यो घडेरी जसरी पनि फुत्काउन चाहन्थ्यो। शुक्रबार घडेरीको निरीक्षणमा आएकी दिलमाया पुनमाथि देउरानी जेठानी दिदी बहिनी रेखा र अनिताले घडेरी बेच्न कर गरे। तर दिलमायाले घडेरी बेच्दिनँ भन्ने अडान यथावत राखिन्।

‘दिलमायालाई जग्गाको मुल्य निकै अण्डरभ्यालुड गरेर बेच्न गुप्ता दिदी बहिनीले दबाब दिए पछि बेच्दिन भन्दा बाटो छेकेर निर्घात कुटपिट भएको रहेछ,’ ईप्रका भालुवाङका प्रमुख रविन्द्रराज पाण्डेले भने।

रेखा र अनिताले कुटपिट मात्रै गर्नुको साथै दिलमायालाई सार्वजनिक रुपमै निवस्त्र बनाएर बदनाम गर्ने दुस्साहासी र अमानवीय हर्कत गरेको प्रहरी निरीक्षक पाण्डेले सेतोपाटीलाई बताए।

अर्काको जग्गामा आफैं मुल्य निर्धारण गर्न खोज्ने र बेच्दिन भन्दा बाटो छेकेर कुट्ने कसुर गुप्ताद्वयले गरेको प्रहरीले बताएको छ ।

‘दिलमायाले म मेरो जग्गा त्यति सस्तोमा बिक्री गर्दिनँ मेरो जेठानी दिदीको जग्गा सस्तोमा फुत्क्याएर खायौं होला। तर, म बेच्दै बेच्दिनँ भनेपछि उनीहरु आवेगमा आएर कुटपिट गरेको देखिन्छ,’ पाण्डेले भने।

दिलमाया दौडेर पुल्चोकतर्फ जाँदै गर्दा निर्माणाधिन बसपार्क क्षेत्रमा उनलाई घेरा हालेर गुप्ताका जेठानी दिदी बहिनीले कुटपिट गरेको पाण्डेले जानकारी दिए। ‘सुन्दा पत्याउनै मुस्किल पर्छ, तर, भिडियो हेर्नुभयो भने तपाईँ आफैं छक्क पर्नुहुन्छ,’–प्रमुख पाण्डेले भने, ‘एउटा नारीले अर्को नारीलाई सार्वजनिक रूपमै निवस्त्र पार्ने प्रयास गर्दै लात्ताले हिकाउँदै कुट्नु अचम्मैको घटना हो।’

कुटपिट हुँदै गर्दा भालुवाङ नगरविकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल संयोगले त्यही पुगेर कुटपिट रोक्न प्रयास गरेको भन्ने जानकारी प्राप्त भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।

महिलाले महिलामाथि नै अमानवीय तरीकाले कुटपिट गरिरहेको उक्त भिडियो एक जना बालकले खिचेका थिए। उक्त भिडियो भालुवाङकै रितु रानाले आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि भाइरल बन्न पुगेको थियो।

त्यसपछि बल्ल प्रहरीमाथि पीडकलाई कारबाही गर्न र पीडितलाई न्याय दिलाउन सार्वजनिक रुपमै नैतिक दवाब परेको थियो।

हेर्नुहोस् भिडियो